बिरगंज १८ चैत्र। नेपाली कांग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहाबुदिन विरुद्ध करिब १२ वर्षअघि दायर गरिएको नागरिकता सम्बन्धी मुद्दामा अन्ततः अदालतले उनलाई सफाइ दिएको छ। जिल्ला अदालत पर्साले २०८० साल पुष २४ गते दाबी नपुगेको ठहर गर्दै मुद्दा खारेज गरेको थियो भने हालै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले समेत उक्त निर्णयलाई सदर गर्दै सहाबुदिनको पक्षमा अन्तिम रूपमा फैसला गरेको छ।
उक्त मुद्दा हालका बिरगंज महानगर प्रमुख राजेशमान सिंहको पहलमा जिल्ला प्रहरीमार्फत दर्ता गरिएको थियो। सहाबुदिनले जाली कागजात प्रयोग गरी नागरिकता लिएको आरोप लगाइएको थियो। तर लामो कानुनी प्रक्रियापछि अदालतले आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको हो।
यससँगै सहाबुदिन र राजेशमान सिंहबीचको पुरानो राजनीतिक तथा व्यक्तिगत द्वन्द्व पुनः चर्चामा आएको छ। दुबै जना बिरगंज महानगरपालिका वडा नं. ३ छपकैया निवासी हुन् र करिब २० वर्षदेखि राजनीतिक प्रतिस्पर्धामा रहेका छन्।
सहाबुदिन समूहले राजेशमान सिंहमाथि महानगरमा भ्रष्टाचार भएको आरोप लगाउँदै आएको छ भने सहाबुदिन स्वयंलाई भ्रष्टाचार विरुद्ध खुलेर बोल्ने नेताका रूपमा चिनिन्छ। उनले महानगरको कामकारबाहीमा पारदर्शिता माग्दै निरन्तर आवाज उठाउँदै आएका छन्।
यद्यपि अदालतबाट नागरिकता मुद्दामा सफाइ पाए पनि दुवै नेताबीचको राजनीतिक टकराव भने अझै अन्त्य हुने संकेत देखिएको छैन। बिरगंजको स्थानीय राजनीतिमा यो प्रतिस्पर्धा आगामी दिनमा पनि केन्द्रमै रहने देखिन्छ।
देश
प्रदेश २
राजनिती
हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको द्वन्द्व अझै कायम
- १८ चैत्र २०८२, बुधबार
- 102 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार