वीरगंज २३ फागुन । पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
त्यसैगरी पर्सा क्षेत्र नम्बर २ मा रास्वपाका सुशील साह कानुले २६ हजार ३६४ मतसहित आफ्नो अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय चौरसियाले १० हजार ५५७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी रिमा यादवले १० हजार २६५ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छन्।
पर्सा क्षेत्र नम्बर ३ मा पनि रास्वपाका रमाकान्त चौरसिया १३ हजार ४८८ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ७ हजार ९६ मत ल्याएका छन् भने नेकपा एमालेका रुपेश पाण्डेले ५ हजार २०७ मत प्राप्त गरेका छन्।
त्यस्तै पर्सा क्षेत्र नम्बर ४ मा रास्वपाका टेकबहादुर शाक्य १२ हजार २६१ मतसहित अग्रस्थानमा रहेका छन्। नेपाली कांग्रेसका रमेश रिजालले ५ हजार ९२ मत ल्याएका छन् भने नेकपा एमालेका जालिम मियाँले ५ हजार ५६ मत प्राप्त गर्दै पछाडि रहेका छन्।
पछिल्लो मतगणनाले पर्सामा रास्वपाको प्रभाव बलियो देखिएको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन भने केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ।
देश
प्रदेश २
राजनिती
हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा बुद्धिप्रसाद पन्त निर्वाचित
- २३ फाल्गुन २०८२, शनिबार
- 71 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार



