पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। सुरुवाती चरणदेखि नै रास्वपाका उम्मेदवारहरूले आफ्नो अग्रता कायम राखिरहेका छन् भने उनीहरूका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमाले मतान्तरले पछाडि परेको मतगणनाले देखाएको छ।
यदि यही रुझान अन्तिमसम्म कायम रह्यो भने पर्साका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित सुनिश्चित गर्ने सम्भावना बलियो देखिएको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन भने केही समय लाग्ने बताइएको छ।



