April 6, 2026
Parsa, Nepal
प्रदेश २ राजनिती हेडलाइन

व्यवसायिक अनुभवलाई देश निर्माणमा लगाउने संकल्पसहित अनिल रुंगटाको चुनावी अपील

पर्सा १३ माघ ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार अनिल कुमार रुंगटाले आफ्नो व्यवसायिक अनुभवलाई राष्ट्रको समुन्नतिमा उपयोग गर्ने प्रतिबद्धतासहित मतदातासमक्ष अनुमोदनको अपेक्षा गरेका छन्।
“मेरो व्यवसायिक अनुभवलाई देशको समुन्नतिमा लगाउने आकांक्षा पूरा गर्न निर्वाचन क्षेत्र नं १ पर्साका मतदाताबाट समर्थन चाहन्छु भन्ने उनको चुनावी नाराले विकास, रोजगारी र आर्थिक सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएको देखिन्छ।
स्थानीय उद्योग व्यवसाय प्रवर्द्धन, युवालाई रोजगारी सिर्जना, पारदर्शी विकास योजना र क्षेत्रीय पूर्वाधार विस्तार उनका प्राथमिक प्रतिवद्धताहरूमा छन्। पर्सा–१ लाई आर्थिक गतिविधिको केन्द्र बनाउने लक्ष्यसहित उनले निजी क्षेत्रको अनुभवलाई नीति निर्माणमा प्रयोग गर्ने बताएका छन्।
राजनीतिमा नयाँ ऊर्जा र व्यावहारिक दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै रुंगटाले “भाषणभन्दा परिणाममुखी राजनीति” गर्ने प्रतिज्ञा गरेका छन्। उनका समर्थकहरूका अनुसार व्यवसायिक क्षेत्रबाट आएको नेतृत्वले विकासमा गति दिने विश्वास बढ्दो छ।
यद्यपि निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको छ। पर्सा–१ मा विभिन्न दलका अनुभवी उम्मेदवारहरू पनि मैदानमा छन्, जसले मतदातामाझ फरक–फरक एजेन्डा प्रस्तुत गरिरहेका छन्। यस्तो अवस्थामा अन्तिम निर्णय मतदाताको विवेकमा निर्भर रहने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *