पर्सा ११ माघ । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको बैठकपछि औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनका लागि पार्टीको चुनावी रणनीति सार्वजनिक गरेको छ।
प्रदेश सभापति कृष्ण प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखेर मधेशभर विशेष चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिअनुसार मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारी दर्ता भइसकेको छ। विशेष रूपमा सर्लाही–४ मा केन्द्रीय सभापति गगन कुमार थापाको उम्मेदवारीलाई रणनीतिक महत्व दिँदै त्यहाँ केन्द्रित अभियान सञ्चालन गरिने जनाइएको छ।
चुनावी परिचालनका लागि चन्द्रेश्वर कुमार यादव,बृहस्पति कृष्ण श्रेष्ठ,नितेश कुमार गुप्तालाई क्रमशः परिचालन, अनुगमन र प्रचार–प्रसार समितिको संयोजक तोकिएको छ। प्रेस विज्ञप्तिले मधेशमा कांग्रेस जितमुखी अभियानमा प्रवेश गरेको स्पष्ट सन्देश दिएको छ।
प्रदेश २
राजनिती
हेडलाइन
कांग्रेस मधेश प्रदेशद्वारा प्रेस विज्ञप्ति जारी — चुनावी रणनीति सार्वजनिक
- १२ माघ २०८२, आईतवार
- 149 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार