वीरगंज ३ कात्तिक ।
उमेरले त केवल १९ वर्ष, तर हातमा झोला लागुऔषधले भरिएको। सीमावर्ती सहर वीरगंजमा पक्राउ परेका दुई किशोरको कथा अहिले समाजकै लागि चेतावनी बनिरहेको छ। प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले कात्तिक २ गते राति करिब ८ः२० बजे वीरगंज काठमाडौँतर्फ जाँदै गरेको एक सार्वजनिक यात्रु बसमा चेकजाँच गर्ने क्रममा दुई जना युवा यात्रुहरूको झोलाभित्र Tramadol 50 (Tramadol Hydrochloride) नामक प्रतिबन्धित औषधका २३,८८० वटा क्याप्सुल फेला पारेको छ। पक्राउ परेकामध्ये पर्साको पकहा मैनपुर ५ का पुष्पेन्द्र राज पाण्डे र भारत बिहार राज्य, पूर्वी चम्पारणका सचिन कुमार, दुबैको उमेर १९ वर्ष मात्रै हो। जीवनको सुरुवातमै उनीहरू यस्तो जोखिमपूर्ण बाटोमा किन हिँडे यसको जवाफ अझै खोजिन बाँकी छ। प्रहरीका अनुसार लागुऔषध कारोबारमा सीमावर्ती क्षेत्रका युवाहरू आकर्षित हुने क्रम तीव्र भइरहेको छ। सजिलो आम्दानीको लोभ, बेरोजगारी र सीमाबाट हुने खुला आवागमनले यस्तो अपराधको बाटो सजिलो बनाइदिएको छ। प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा अनुसन्धान अघि बढाएको छ तर प्रश्न भने उहीँ छ – कसरी हामीले आफ्ना युवालाई यस्तो अन्धकारबाट बचाउने ?
देश
समाज
हेडलाइन
लागुऔषधको जालोमा अडकिँदै युवा पुस्ता: वीरगञ्जमा दुई किशोर पक्राउ
- ४ कार्तिक २०८२, सोमबार
- 382 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार