काठमाडौं । मुलुक फेरि एकपटक चुनावी यात्रामा उभिएको छ । शुक्रबार राति देशको राजनीतिक समीकरण उल्टिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्।
जेनजी आन्दोलनले सिर्जना गरेको जनदबावपछि संविधानमै निहित अधिकार प्रयोग गर्दै राष्ट्रपति पौडेलले कार्कीलाई मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त गरेका हुन्। कार्कीको सिफारिससँगै राति ११ बजेदेखि प्रतिनिधिसभा विघटन भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।

अब आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ। राष्ट्रपति निकट स्रोतका अनुसार चुनावी तयारी तत्कालै थालिनेछ र निर्वाचन आयोगलाई आवश्यक निर्देश जारी गर्न लागिएको छ।
यस घटनाले नेपाली राजनीतिलाई नयाँ मोडमा डो¥याएको छ। आन्दोलित पुस्ता ‘निर्णायक भूमिकामा पुगेको’ व्याख्या भइरहेका बेला मुलुक फेरि चुनावी मैदानमा उत्रनु इतिहासको संवेदनशील क्षण मानिएको छ।
देश
राजनिती
हेडलाइन
संसद् विघटन : कार्की प्रधानमन्त्री, चुनाव फागुन २१ मा
- २८ भाद्र २०८२, शनिबार
- 289 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त
२२ पुष २०८२, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक
२१ पुष २०८२, सोमबार
राजनिती, विविध, हेडलाइन
अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र
२० पुष २०८२, आईतवार
समाज, हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
१३ कार्तिक २०८२, बुधबार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार