April 7, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

पर्सामा हैजा फैलिँदा काँग्रेस नेता साहाबुद्दिन अस्पतालमा, स्थानीय निकायप्रति असन्तुष्टि

वीरगंज ०९ भदाै ।
पर्सा क्षेत्र नं. २ का नेपाली कांग्रेस सभापति मोहम्मद साहाबुद्दिन हैजाले प्रभावित बिरामीसँग अस्पताल पुगेर भेटघाट गरेका छन्। प्रभावितहरूलाई मनोबल दिनका साथै उनले “सकेसम्म सरकारबाट सहयोग दिलाउने” आश्वासन समेत दिएका छन्।
भेटघाटकै क्रममा स्थानीयवासीले “नेताहरू महँगो स्टन्ट मात्र गर्छन्, वास्तविक काम गर्दैनन्” भन्ने गुनासो राखेपछि सभापति साहाबुद्दिनले तत्काल स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई फोन गरी सुलभ उपचार र आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् र उनकाे आग्रहमा मन्त्रि प्रभावित क्षेत्रकाे भ्रमणमा आजै आउने अश्वासन समेत दिएकाे उनले बताए ।
साहाबुद्दिनले प्रभावित गाउँ–घर घुमेपछि स्थानीय प्रशासन र सरकारप्रति कडा असन्तुष्टि पनि जनाए। उनले भने, “फोटो खिचेर प्रचार गर्ने बाहेक जनताको लागि स्वच्छ खानेपानीको उचित व्यवस्था गर्न सकिएको छैन, पीडितहरू झन् पीडित बन्दै गएका छन्।”
समुदायमै हैजा फैलिँदा पनि प्रशासन र स्थानीय तह उदासीन देखिएका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले बैठक बोलाउँदा पनि वीरगञ्ज महानगरपालिकाका मेयर उपस्थित नभएको प्रसंग उठाउँदै, उनले “यो जनप्रतिनिधिको असंवेदनशीलता र जिम्मेवारीबोधको कमी हो” भनेका छन्।
सभापति साहाबुद्दिनका अनुसार, हाल वीरगञ्जका विशेषगरी ३ वटा वडामा बढी प्रकोप फैलिएको छ। तर ती वडास्तरमा पनि तत्कालीन राहत वा प्रभावकारी काम नदेखिएको उनको टिप्पणी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *