April 7, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

तीन महिनापछि बारा प्रहरीद्वारा प्रधानाध्यापक हत्याका मुख्य अभियुक्त पक्राउ

बारा १० पुस । बारा जिल्लाको सदरमुकाम कलैयामा असाेज महिनामा दिन दहाडै निजी बिद्यालयका प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि गोली प्रहार गरी हत्या भएको घटनाका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेकाे छ । तीन महिनापछि प्रहरीले प्रधानाध्यापक हत्याका मुख्य अभियुक्त पक्राउ गर्न सफल भएकाे हाे ।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षिय सुजित कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनु भएको छ । उनलाई प्रहरीले एक थान पेस्तोल र पाँच थान गोली समेत पक्राउ गरेको हो ।
बाराको बिश्रामपुर गाँउपालिका वडा नं. ३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको काफ्लेले बताउनुभयो । सिंहको दुवै खुट्टामा गोली लागेको छ ।
खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ । सार्पसुटरका नामबाट परिचित सिंह यसअघिका बाराका दुई घटनाका समेत सुटर रहेको प्रहरीले जनाएको छ । घटनाको छानविन भईरहेको र विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *