बिरगंज ०९ पुस।
पर्सा जिल्लामा पनि बाघको आक्रमणबाट एकजनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट मृत्यु हुने पर्साको पटेर्वासुगौलि गाउपालिका वडा नम्बर २ थरुहटि निवासि ३२ वार्षिय मनोज राउत धागड रहेका छन । आइतबार साझ शौच गर्न धागड जङ्गलमा गएको अबस्थामा बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
धागडकाे सब पाेष्टमार्टमकाे लागी बिरगंज स्थित नारायणी अस्पतालमा पठाएर घटनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिले जनाएको छ ।