April 7, 2026
Parsa, Nepal
देश प्रदेश २ राजनिती हेडलाइन

सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईकाे १०० ओैं जन्मजयन्ति वीरगन्जमा मनाइयाे

वीरगन्ज ८ पुष। सन्त नेता एंव पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई किशुन जीकाे १०० ओैं जन्मजयन्तिकाे अवसरमा वीरगन्जमा नेपाली कांग्रेस क्षेत्रिय समितिले दीप प्रज्वलन कार्यक्रम गरेकाे छ।
वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर पार्कमा नेपाली काग्रेस पर्सा क्षेत्र नम्बर २ काे क्षेत्रीय कार्य समिति पर्साले दीप प्रज्वलन कार्यक्रम गरेकाे हाे।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले नेपालकाे राजनीतिक परिवर्तनमा सन्त नेता भट्टराईको ठूलाे याेगदान रहेकाे चर्चा गरे । २०५८ सालकाे निर्वाचनमा पर्सा १ बाटै सांसदमा निर्वाचित भएर देशकाे प्रधानमन्त्रीसमेत बनेका सन्त नेता भट्टराईकाे सादगी जीवनकाे अनुशरण सबै नेताले गर्नुपर्नेमा उनले जाेड दिए।
दिप प्रजवलन कार्यक्रमका अध्यक्ष मनेहम्मद सहाबुदिनले किशुन जीले जितेर कम समयकाे कार्यकालमा पनि पर्साका ग्रामिण भेगलाई सदरमुकामसंग जाेड्ने सडक र पुलकाे निर्माण कार्य गराए भने स्वास्थ्य तथा चिकित्सकिय शिक्षामा पहुचका लागि नेशनल मेडिकल कलेजकाे लागि लाईसेन्स समेत दिलाएकाे जिकिर गरे । किशुन जीले गरेकाे याेगदान पर्साबासिले बिर्सनु हुन्न भन्ने जाेड अध्यक्ष सहाबुदिनकाे रहेकाे थियाे ।
कांग्रेसका क्षेत्रिय सभापति महम्मद सहाबुद्दिनकाे अध्यक्षतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा,कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,पूर्व उपसभापतिद्वय दिना गुप्ता र प्रकाश उपाध्याय,वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेता श्याम पाेख्रेल,नरेन्द्र साह, कांग्रेस महानगर सभापति मणिन्द्रलाल नेपाली, पत्रकार कन्हैयालाल केशरी, नेविसंघ पर्साका जिल्ला सभापति रमेश यादव, पूर्वसभापति दिलिपराज कार्की, युवा नेताहरु सन्ताेष सिंह, मनाेहर साह, हरेन्द्र यादव, प्रिति सिहं, मिन्टु देवि सिह लगायतकाे नेता तथा कार्यक्रताकाे सहभागिता रहेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *