April 7, 2026
Parsa, Nepal
प्रदेश २ समाज हेडलाइन

नारायणी अस्पताल बिकास समितिका अध्यक्ष धिरज कुमार गुप्तालाई जि पि कोइराला फाउन्डेसनद्वारा सम्मान

बिरगंज ०८ पुस ।
नारायणी अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष धिरज कुमार गुप्तालाई स्व, जि पि कोइराला फाउन्डेसनले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धिरज कुमार गुप्तालाई नारायणी अस्पताल बिकास समितिको अध्यक्ष पदमा चयन गरेको थियो । गुप्तालाई स्व , जि , पि , कोइराला फाउन्डेसनले सफल कार्यकालको कामना गर्दै स्वागत तथा सम्मान गरेको हो । फाउन्डेसनका मधेश प्रदेश अध्यक्ष महम्मद शहाबुदिनले अध्यक्ष गुप्ता युवा भएकोले जोशर जागरको कमि नभएको बताउनु हुदै नारायणी अस्पतालमा रहेको सम्स्या बारे अबगत गाराउनु भएको थियो ।
नारायणी अस्पतालमा गरिब असहायहरु उपचार गराउन आउने भएकोले अस्पतालको सेवालाई सरल र सहुलियत दिन सुझाव दिनुभएको थियो । कार्यक्रममा सहभागी फाउन्डेसनका सदस्यले अस्पतालमा बेथिति बिसङ्गति ढिला सुस्ति रहेको उल्लेख गर्दै समस्याहरुको निराकरण गर्नुपर्ने सुझाएका थिए ।
अध्यक्ष गुप्ताले आफुलाई गरिएको सम्मान प्रति फाउन्डेसनलाई धन्याबाद दिनुहदै आफु सेवा भावनाले काम गर्ने बताउनु भएको थियो । गुप्ताले आफ्नो र अस्पतालको प्रयासले मात्र सम्पुर्ण समस्या समाधान गर्न नसकिने उल्लेख गर्दै स्थानीय भद्रभलाद्मि समाजसेवि उधोगि ब्यापारी समाजिक सङ्घ सस्थाहरुको सहयोगको अबस्यक्ता रहेको बताउनु भएको थियो । फाउन्डेसनका अध्यक्ष महमद सहाबुदिनको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्राध्यापक सन्ताेष कुमार सिह , मिन्टु देवि सिह, हरिन्द्र यादव, शेख निजामुदिन, अनवर हुसेन, रामनरेश लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे सहजीकरण मनाेहर साहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *