नेपाल आयल निगम ऋण मुक्त भएको छ । करिब ५० अर्ब रुपैयाँ रहेको निगमले सबै ऋण चुक्ता गरेको हो । सरकारलाई बुधबार अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो ।
पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको थियो । पछिल्लो समय उसले नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋणपनि चुक्ता गरेको हो । ऋण चुक्ता गरेपनि निगमले मुल्य समायोजन भने गरेको छैन ।
निगमले अहिले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ । निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपनि असोजदेखि त्यो प्रणाली कार्यान्वयनमा ल्याइएको छैन । स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा निगमले राख्ने गरेको छ ।
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार