बिरगंज १४ मङ्सिर ।
गएराति चलि रहेकाे विहे भाेजमा लामखुट्टे मार्ने ओषधि छरेपछि विवाद उत्पन्न भएकाे छ । बिरगंज महानगर पालिका वडा ३ छपकैयाको नुरेनबि ठकुराईकाे घरमा बिवाह भोज चलिरहेको समयमा लाम्खुट्टे मार्ने औषधि बिषाधि छर्केर बदमासी गरेकाे भन्दै स्थानीयले महानगरको कर्मचारी माथी कुटपिट गरेका छ्न । नुरेनबि ठकुराई वीरगंज महानगर प्रमुख राजेशमान सिहका टाेलवासि पनि हुन ।

ठकुराईको घरमा गत बुधबार साझ बिवाह भोज चलिरहेको थियो महानगको कर्मचारीले अचानक आएर भोज चलिरहेको स्थानमा लाम्खुट्टे मार्ने बिषाधि छर्न थालेका थिए बिषाधि छर्ने कर्मचारी केहिबेरमा जालान भनि भोजा खान आएका मानिसहरुले प्रतीक्षा समेत गरेका थिए तर कर्मचारीले भोज चलिरहेको घरलाई लक्षित गरेर एकोहोरो बिषाधि छरेको छरै गरेपछि भोज खान आएका मानिसहरुले कर्मचारी माथी हातपात गरेका थिए । बिबाद चर्किएपछि नजिकको प्रहरी चौकिका अ स ई पुगेका थिए उनले भोज चलिरहेकाे बेला कर्मचारीले यसरी नगर्नु पर्ने भन्दै स्थानियहरुलाई विवाद नगर्न र यदि यस्ताे दाेहाेरियाे भने प्रहरीलाई सम्पर्क गर्न भनेर गएका थिए । समाचार त्यार गर्दा बेलासम्म विषादीका कारण कुनै पनि अप्रिय घटनाकाे सुचना आएकाे छैन ।