April 4, 2026
Parsa, Nepal
देश हेडलाइन

तनहुँ बस दुर्घटना दुई जनाको मृत्यु, ३४ जना घाइते

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई रहेको र एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको दमौलीस्थित रत्न हरी अस्पतालमा २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *